अत्तरिया – कैलालीको गोदावरीमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । आइतबार बिहान गोदावरी नगरपालिका – ८ स्थित शारदा विद्या निकेतनको से १ क ६०४ नम्बर बसको ठक्करबाट गोदावरी–८ स्थित शान्तिटोलका कृष्ण भुलका छोरा ३ वर्षीय नेहान्त भुलको मृत्यु भएको हो ।
उनीलाई सोही स्कुलमा अध्ययन गर्ने दिदीलाई छोड्न गएका बेला बसले ठक्कर दिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
‘बिहान मृतकको दिदीलाई पुगाउन आमा गएका बेला पछिपछि ती बालक पनि गएका रहेछन्’ इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रण बहादुर चन्दले भने ‘विद्यार्थी बोकेर बस अगाडी बढ्ने क्रममा बस सँगै ठोक्किएर बालक सडकमा खसेका रहेछन् । कालोपत्रे गरेको सडकमा बालकको टाउको ठोक्किएको हो ।’
उनले बसको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको बताए । बस सहित चालक वीर बहादुर विकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

