रास्वपा कैलाली ४ को सचिवालय स्थापना

रास्वपा कैलाली ४ को सचिवालय स्थापना Ramaroshan
२०८२ माघ १२ गते
रास्वपा कैलाली ४ को सचिवालय स्थापना

 अत्तरिया – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलाली क्षेत्र नम्बर ४ को क्षेत्रीय निर्वाचन सचिवालय स्थापना गरिएको छ । आइतबार पार्टीका सह प्रवक्ता रमेश प्रसाईँले सचिवालयको उद्घाटन गरेका गरेका छन् ।

 सचिवालयको उद्घाटन गर्दै उनले रास्वपाको जान्नेलाई छान्ने नीति अनुसार अब्बल उम्मेदवार चुनावमा उठाइएको बताए । उनले कैलाली क्षेत्र नम्बर ४ मा जुझारु, शिक्षा सेवी, विद्धत व्यक्तित्व खेमराज कोइरालालाई उम्मेदवार बनाएको बताउँदै यहाँको जित्ने आधार नै उम्मेदवारको चयन भएको बताए ।

उनले उम्मेदवारको विषय र पार्टीको नीतिको विषयमा जनतालाई बुझाउन आवश्यक रहेको बताए । कैलाली क्षेत्र नम्बर ४ मा रास्वपाले खेमराज कोइरालालाई उम्मेदवार बनाएको छ ।