धनगढी । कैलालीका छुट्टाछुट्टै स्थानबाट लागू औषध सहित ३ जना पक्राउ परेका छन् । बुधवार धनगढी उपमहानगरपालिका–१३ मोहनपुरबाट लागू औषध सहित २० वर्षीय अजय राना पक्राउ परेका छन् । उनको साथबाट ७५० मिलिग्राम लागू औषध ब्राउन सुगर बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
यस्तै धनगढी उपमहानगरपालिका – २ त्रिनगर व्यारेलबाट गोदावरी नगरपालिका – ४ का २५ वर्षीय लोकेन्द्र बोगटी पक्राउ परेका छन् । उनको साथबाट १ ग्राम ४०० मिलिग्राम लागू औषध ब्राउन सुगर बरामद गरिएको छ । यस्तै बर्दगोरिया नगरपालिका – २ कुम्भियाबाट २३ वर्षीय शिशिर बम पक्राउ परेका छन् । उनको साथबाट ७१० मिलिग्राम लागू औषध ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

