गुल्मी, १५ माघ / गुल्मीको इश्मा गाउँपालिकामा एक बाबुले आफ्नै नाबालक छोराको हत्या गरेका छन्। इश्मा गाउँपालिका-२ छल्दीटार बस्ने ४६ वर्षीय सन्त बहादुर कुमालले ३ महिनाका छोरा सुवास कुमालको हत्या गरेको अभियोगमा प्रहरीले उनलाई बिहीबार बिहान पक्राउ गरेको हो ।
प्रहरीका अनुसार सन्त बहादुरले बुधबार राति मादक पदार्थ सेवन गरी नाबालक छोराको हत्या गरेका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी हस्तिचौरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। मादक पदार्थको नशामा रहेका उनले कुन कारणले नाबालकमाथि यस्तो कृत्य गरे भन्नेबारे खुल्न सकेको छैन।
प्रहरीले अहिले अभियुक्त कुमाललाई हिरासतमा राखेर घटनाको विस्तृत अनुसन्धान सुरु गरेको छ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

