रेशमलाल चौधरीले उमेदवारी कायम गर्न मागसहित दायर गरेको रिटमा सुनुवाइ सकियो
काठमाडौं, १५ माघ / नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उमेदवारी कायम गर्न मागसहित दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ ।
चौधरीको उमेदवारी निर्वाचन आयोगले खारेज गरेपछि उनले सर्वोच्चमा रिट दिएका थिए । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति उनले कैलाली क्षेत्र नम्बर–१ बाट उमेदवारी दर्ता गराएका थिए ।
उक्त रिटमा बिहीबार (माघ १५) सर्वोच्चका न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइका निम्ति पेसी तोकिएको थियो । रिट निवेदकका कानुन व्यवसायीको बहस सकिएर आदेशको तयारी भइरहेको छ ।
सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासबाट यसअघि आयोगसँग लिखित जवाफ माग गर्दै अन्तरिम आदेशमा छलफलका निम्ति पक्ष र विपक्षलाई डाकिएको थियो ।
कैलालीको टीकापुर हिंसा प्रकरणमा जन्मकैद तोकिएका चौधरीलाई राष्ट्रपतिबाट माफी मिनाहा दिने निर्णयमाथि सर्वोच्चले रोक लगाएको छ ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

