अछाममा सुनको सिक्री चोर्ने युवक पक्राउ

अछाममा सुनको सिक्री चोर्ने युवक पक्राउ Ramaroshan
२०८२ माघ १७ गते
अछाममा सुनको सिक्री चोर्ने युवक पक्राउ

 अछाम – अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को पार्टी कार्यालय नजिक पार्टीका वरिष्ठ नेता बालेन शाहको चुनावी भेटघाट कार्यक्रममा सुनको सिक्री चोरी गर्ने युवक पक्राउ परेका छन् । बिहीबार साँफेबगर नगरपालिका – ४ छिपेखोला स्थित भिडभाडमा सिक्री चोरी गर्ने पर्साको पकाहा मैनपुर गाउँपालिका – ५ का ३१ वर्षीय उमेश राय पक्राउ परेका हुन ।

 उनलाई अछामको साँफेबगर नगरपालिका – ५ नौंठानाका ४० वर्षीय सत्यदेवी कुँवरको घाटीमा लगाएको १२।१७ ग्रामको सुनको सिक्री चोरी गर्ने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।