कृष्णपुर– ५ र गोदावरी– ३ जोड्ने मोहना पुलको शिलान्यास

कृष्णपुर– ५ र गोदावरी– ३ जोड्ने मोहना पुलको शिलान्यास Ramaroshan
२०८२ माघ १८ गते
कृष्णपुर– ५ र गोदावरी– ३ जोड्ने मोहना पुलको शिलान्यास

अत्तरिया/कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५, कैलालीको गोदावरी नगरपालिका– ३ र १० जोड्ने मोहना नदीमाथीको पुलको शिलान्यास गरिएको छ । शनिबार एक औपचारीक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले पुलको शिलान्यास गरेका हुन ।

गोदावरी नगरपालिका– १० का वडाध्यक्ष रविन्द्र शाहीको सभापतित्वमा आयोजित कार्यक्रममा वडा नं। ३ का वडाध्यक्ष तेजराज अवस्थी, कृष्णपुर नगरपालिका– ५ का वडाध्यक्ष टेकराज पाण्डेय लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि र स्थानियहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

पुल निर्माणको ठेक्का धनगढी– ५ मा रहेको असु खप्तड भैरव जेभीले पाएको छ । पुर्वाधार विकास कार्यालय धनगढीसँग ठेकेदार कम्पनिले २०८२ असार २० गते निर्माणका लागि सम्झौता गरेको छ । जसको अवधी २०८३ पुष ३० गतेसम्म रहेको छ । ४० मिटर लम्बाई र ८.२ मिटर चौडाईको सो पुल निर्माणका लागि ४ करोड १५ लाख ११ हजार ८५ रुपैया भ्याट र पिएस सहित छुट्याईएको ठेकेदार कम्पनिले जनाएको छ ।

निर्माण कम्पनिका ठेकेदार दिपक कुँवरले सम्झौता छिटो भएपनि वर्षायामको सिजन लगायतका विविध कारणले गर्दा समयमै काम सुरुवात गर्न नसकिएको बताए । उनले सम्झौता अवधीमै वा त्यो भन्दा पनि छिटो काम गर्ने गरी आफूहरु लागिरहेको बताए । उनले स्रोत सुनिश्चितता भए चालु आर्थिक वर्षको अन्तिम सम्ममा काम सम्पन्न गर्ने लक्ष्य लिएको बताए ।

दशकौँ देखी पुल नहुँदा समस्या झेल्दै आईरहेका स्थानिय पुलको शिलान्यास भएपछि भने हर्षित भएका छन । उनिहरुले अब आफूहरुलाई नदी आरपार गर्न समस्या नहुने विश्वास व्यक्त गरेका छन ।