कैलालीबाट अवैध रुपमा भित्र्याइएका हार्डवयरका सामान बरामद

कैलालीबाट अवैध रुपमा भित्र्याइएका हार्डवयरका सामान बरामद Ramaroshan
२०८२ माघ १९ गते
कैलालीबाट अवैध रुपमा भित्र्याइएका हार्डवयरका सामान बरामद

अत्तरिया /कैलालीबाट प्रहरीले अवैध रुपमा भित्र्याइएका हार्डवयरका सामान बरामद गरेको छ । शनिबार भजनी नगरपालिका – ५ पगियापसारबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका हार्डवेयरका सामान बरामद गरिएको हो ।

जसअन्तरगत २ लाख १८ हजार बराबरका हार्डवयरका वासर, ताला,वेरिङ,बेल्ट लगायतका सामानहरु बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त सामान इलाका प्रहरी कार्यालय पृथ्विपुरबाट खटिएको प्रहरी गस्ती टोलीले वेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो ।