धनगढी । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा कैलाली क्षेत्र नं.५ का उम्मेदवार प्रेमबहादुर आलेले घरदैलो अभियान सुरु गरेका छन् । उनले आज धनगढी उपमहानगरपालिका–१ स्थित शिविरबाट चुनावी घरदैलो अभियान सुरु गरेका हुन् ।
पूर्वमन्त्रीसमेत रहेका आलेले नेता कार्यकर्ताको सहभागितामा घरदैलो सुरु गरेका छन् । घरदैलो सुरु गर्दै उनले यस क्षेत्रको समग्र विकासका लागि आफू प्रतिवद्ध रहेको बताए ।
उनले खानेपानी, सडक,शिक्षा,स्वास्थ्य, रोजगारलगायतका समस्या समाधानमा विशेष जोड दिने प्रतिवद्धता व्यक्त गरे । विकास निर्माण लगायतका काम गरेकै कारण तीन पटक लगातार निर्वाचन जितेको बताउँदै यस पटक पनि जनताले आफूलाई साथ दिने विश्वास व्यक्त गरे ।
चुनावी गतिविधिलाई तीब्र बनाउँदै लगेका आलेले यसअघि निर्वाचन क्षेत्र भित्रका सबै वडाहरुमा निर्वाचन परिचालन सचिवालय स्थापनासँगै पार्टीका आन्तरिक बैठकहरु सम्पन्न गरिसकेका छन् ।
डोटीबाट २०७० सालको संविधान सभा, ०७४ सालको प्रतिनिधि सभा सदस्य र २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जितेका आले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली–५ बाट उम्मेदवार बनेका छन् ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

