अछाम /राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अछाम क्षेत्र नम्बर २ का उम्मेदवार भुपदेव शाहले वैदेशिक रोजगारीमा रहेका अछामीलाई फर्किन अपिल गरेका छन । उनले सामाजिक सञ्जालमार्फत आगामी २१ फागुनमा हुने निर्वाचनमा सहभागिता जनाउन स्वदेश फर्किन अपिल गरेका हुन ।
उनले अछामीहरू रहरले होइन, बाध्यताले परदेशिनु परेको भन्दै पुराना दलहरू र भ्रष्ट व्यवस्थाले जनतालाई रोजगारी, भविष्य र भरोसा दिन नसकेको बताएका छन् ।
‘टाढैबाट सामाजिक सञ्जालमा आवाज उठाउनु पर्याप्त छैन, परिवर्तनका लागि भोट र भौतिक उपस्थिति अनिवार्य छ,’ शाहले भनेका छन् । उनले परदेशमा रहेका मतदातालाई एक दिनका लागि भए पनि अछाम फर्किएर मतदान गर्न आग्रह गरेका छन् ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

