अत्तरिया / निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ४ को कार्यालय सरेको छ । गोदावरी नगरपालिका – १ कृषि तथा पशुपन्छी उपचार सेवा केन्द्रको भवन सोमबार अत्तरियामा रहेको कार्यालय गोदावरी नगरपालिका – ५ गेटीमा सरेको हो ।
निर्वाचन अधिकृत हरि प्रसाद आचार्यद्वारा जारी सूचनामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उत्तर–पूर्व तर्फ सिद्ध बाबा माध्यमिक विद्यालय खेलमैदान सँगै जोडिएको खाली भवनमा कार्यालय सरेको उल्लेख छ ।
अत्तरियामा रहेको कार्यालयमा मतपत्रको व्यवस्थापन, जनशक्ति व्यवस्थापन तथा मतगणना समेतको कार्य सञ्चालनका लागि अपर्याप्त भएकाले कार्यालय सरेको जनाइएको छ ।
अत्तरियामा माघ २ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको थियो ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

