बेलौरीको एक औषधि पसलमा लागुऔषधको व्यापार , डाक्टर सहित २ जना पक्राउ

बेलौरीको एक औषधि पसलमा लागुऔषधको व्यापार , डाक्टर सहित २ जना पक्राउ Ramaroshan
२०८२ माघ २१ गते
बेलौरीको एक औषधि पसलमा लागुऔषधको व्यापार , डाक्टर सहित २ जना पक्राउ

कञ्चनपुर / कञ्चनपुरको बेलौरीको एक औषधि पसलमा लागुऔषध फेला परेको छ । सोमबार औषधि ब्यवस्था बिभाग नेपालगन्ज,लागुऔषध नियन्त्रण र ईलाका प्रहरी कार्यालय बेलौरीको सयुक्त टोलीले अनुगमन गर्दा बेलौरी नगरपालिका ८ कलकत्ता स्थित कलकत्ता केयर प्लस क्लिनिकबाट लागुऔषध ट्रमा डोल फेला पारेको हो ।

५० एम्पुल ट्रामाडोल सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

 ईलाका प्रहरी कार्यालय बेलौरीका अनुसार पक्राउ पर्नेमा क्लिनिकका डाक्टर सुरेश जैसवाल र फार्मटिस्ट पार्वती कुवर रहेकी छन ।

सिमावर्ती क्षेत्रमा पछिल्लो समय लागुऔषध भारतबाट ल्याउने घटनाहरुबीच नेपाल भित्रै लागुऔषधको व्यापार देखिन थालेको छ । स्रोतका अनुसार बिगत देखि नै सो क्लिनकमा लागुऔषधको व्यापार हुँदै आएको थियो ।

सिमा नजिकै भारतमा लागू औषधको खुला व्यापार हुँदा नेपालमा ओसारपसार नियन्त्रणमा प्रहरीलाई चुनौती भइरहेका बेला नेपालभित्रैका यसको व्यापार हुनु प्रहरीलाई थप चुनौती थपिएको छ ।