कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु Ramaroshan
२०८२ माघ २१ गते
कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

धनगढी / कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार टीकापुर नगरपालिका – ७ को प्रतिपुरस्थित हुलाकी सडकखण्डमा भजनीतर्फ आउँदै गरेको भे १ त ४५५६ नम्बरको सरिया लोड गरेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा ट्रलीमा सवार भजनी नगरपालिका – ७ चर्राका २५ वर्षीय कबिर कठरियाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि टीकापुर अस्पताल लगिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
दुर्घटनामा सोही ठाउँका ३४ वर्षीय पंकज कठरिया घाइते भएका छन् । उनलाई थप उपचारका लागि नेपालगञ्जस्थित नर्सिङ होममा रिफर गरिएको छ ।

ट्याक्टर चालक २७ वर्षीय सहिराज अली फरार रहेकाले प्रहरीले खोजी कार्य जारी राखेको छ ।