डोटीमा गर्भपतन मुद्दामा ३ वर्ष कैद तोकिएकी महिला ११ वर्षपछि पक्राउ

डोटीमा गर्भपतन मुद्दामा ३ वर्ष कैद तोकिएकी महिला ११ वर्षपछि पक्राउ Ramaroshan
२०८२ माघ २२ गते
डोटीमा गर्भपतन मुद्दामा ३ वर्ष कैद तोकिएकी महिला ११ वर्षपछि पक्राउ

डोटी / डोटीमा गर्भपतन मुद्दामा ३ वर्ष कैद तोकिएकी महिला ११ वर्षपछि पक्राउ परेकी छिन । जिल्ला अदालत डोटीले २०७१ जेठ ११ गते गर्भपतन मुद्दामा ३ वर्ष कैद सजाय तोकिएकी आदर्श गाउँपालिका – ६ गिरिचौकी ३५ वर्षीय हिमा देवी बोहरा पक्राउ परेकी हुन ।

उनलाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले मंगलबार घरबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ ।