डोटीमा एक युवक मृत फेला

डोटीमा एक युवक मृत फेला Ramaroshan
२०८२ माघ २३ गते
डोटीमा एक युवक मृत फेला

डोटी / डोटीमा एक युवक मृत फेला परेका छन् । बुधवार शिखर नगरपालिका – ११ बारबाटाका २४ वर्षीय सन्तोष रोकाया मृत फेला परेका हुन ।

मंगलबार शिखर नगरपालिका १० बान्डुङ्ग्रीसैनमा रहेको मामाघरबाट घर जान्छु भनी हिँडेकोमा बुधवार शिखर – ८ गोल्मागाड स्थित खोलाको किनार पानीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।