आज सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली रहने

आज सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली रहने Ramaroshan
२०८२ माघ २४ गते
आज सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली रहने


धनगढी/
आज सुदूरपश्चिमका उच्च पहाडी र हिमाली भागमा आंशिक बदली रहने जल तथा मौषम पुर्वानुमान महाशाखाले जनाएको छ । आज राति तराईका केही स्थानमा हुस्सु लाग्ने तथा गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली हुने महाशाखाले जनाएको हो ।

अन्य भागमा मुख्यतया मौसम सफा रहने पूर्वानुमान गरिएको छ । महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । तराई भू–भागका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ । देशका पहाडी र हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो तराई भू–भागका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना छ । कोशी प्रदेशका पहाडी र हिमाली भाग तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भागमा मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।