बैतडीमा निर्वाचनका लागि ढाई हजार बढी सुरक्षाकर्मी परिचालन गरिने

बैतडीमा निर्वाचनका लागि ढाई हजार बढी सुरक्षाकर्मी परिचालन गरिने Ramaroshan
२०८२ माघ २५ गते
बैतडीमा निर्वाचनका लागि ढाई हजार बढी सुरक्षाकर्मी परिचालन गरिने

बैतडी/ बैतडीमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ढाई हजार बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाका लागि जिल्लाभर करिब २ हजार ६०० सुरक्षाकर्मी परिचालन गरिने भएको हो ।

जिल्ला सुरक्षा समितिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा निर्वाचन प्रहरी गरी २ हजार ५९० सुरक्षाकर्मी खटाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए । आवश्यकता अनुसार सुरक्षाकर्मीको संख्या थपघट गर्न सकिने उनले बताए । निर्वाचनलक्षित बैतडीमा १ हजार ३७५ जना निर्वाचन प्रहरी छनोट भइसकेका छन् ।

उनीहरूका लागि हाल आधारभूत तालिम सञ्चालन भइरहेको छ, जसले मतदान स्थलको सुरक्षालाई थप सुदृढ बनाउने विश्वास गरिएको छ । सुरक्षा रणनीति अन्तर्गत नेपाली सेनाले पाटन, खोड्पे र शिवनाथको सुल्लेखानमा सुरक्षा बेस स्थापना गरिसकेको छ । त्यस्तै पाटन क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको सुरक्षा बेस पनि सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।