मैत्रिपुर्ण खेल खेल्नका लागि धनगढी क्रिकेट एकेडेमीको टोली मुम्बई भ्रमणमा

मैत्रिपुर्ण खेल खेल्नका लागि धनगढी क्रिकेट एकेडेमीको टोली मुम्बई भ्रमणमा Ramaroshan
२०८२ माघ २५ गते
मैत्रिपुर्ण खेल खेल्नका लागि धनगढी क्रिकेट एकेडेमीको टोली मुम्बई भ्रमणमा

धनगढी/ मैत्रिपुर्ण खेल खेल्न धनगढी क्रिकेट एकेडेमी (डिसिए) को टोली भारतको मुम्बई भ्रमणमा निस्केको छ । मुम्बईका विभिन्न टोलीसँग मैत्रिपुर्ण खेल खेल्न शुक्रबार डिसिएको अन्डर– १६ टोली भ्रमणमा निस्केको हो ।

मुम्बई भ्रमणका क्रममा टोलीले भारतका विभिन्न ६ स्थानीय क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको डिसिएका अध्यक्ष सुवास शाहीले जानकारी दिए । उनले टोलीले मुम्बईको ऐतिहासिक वानखेडे खेल मैदानमा आयोजना हुन लागेको नेपालसहित विभिन्न देशबीचका टी–२० विश्वकपका खेल प्रत्यक्ष अवलोकन गर्ने अवसर पाउने बताए । अध्यक्ष शाहीले विश्वकप खेलिरहेका खेलाडीलाई नजिकबाट देख्न पाउनु नयाँ पुस्ताका खेलाडीका लागि प्रेरणाको स्रोत हुने बताए ।