बैतडी प्रधानमन्त्री कप छनोट क्रिकेटको फाइनलमा प्रवेश

बैतडी प्रधानमन्त्री कप छनोट क्रिकेटको फाइनलमा प्रवेश Ramaroshan
२०८२ माघ २५ गते
बैतडी प्रधानमन्त्री कप छनोट क्रिकेटको फाइनलमा प्रवेश

बैतडी/सुदूरपश्चिम प्रदेश स्तरिय प्रधानमन्त्री कप छनौट क्रिकेटमा बैतडी फाईनलमा प्रवेश गरेको छ । शुक्रबार डडेल्धुरामाथी ५ विकेटको सहज जित निकाल्दै बैतडीको पुरुष टोली फाईनलमा प्रवेश गरेको हो ।

टस जितेर ब्याटिङ रोजेको डडेल्धुराले पाँच विकेटको क्षतिमा १३६ रन बनायो । उसका लागि अर्जुन विक र विशाल ऐरले समान ३७र३७ रनको योगदान दिए । बलिङतर्फ बैतडीका गजेन्द्र बोहराले तीन विकेट लिए ।

१३७ रनको विजयी लक्ष्य बैतडीले १८ दशमलव १ ओभरमा ५ विकेटको नोक्सानीमा भेट्टायो । बैतडीका लोकेन्द्र चन्दले ५४ रनको अर्धशतकीय पारी खेले । उनी ‘प्लेयर अफ दी म्याच’समेत भए । यस्तै दीपक बोहराले अविजित ३१ र आयुश चन्दले अविजित ३० रन बनाए । बलिङतर्फ डडेल्धुराका अर्जुन विकले ३ विकेट लिए ।

बैतडीले यसअघि बझाङलाई ८ विकेट र दार्चुलालाई १२८ रनले हराएको थियो । बैतडीले अब फाइनलमा शनिबार कञ्चनपुरको सामना गर्नेछ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा प्रदेशका आठ जिल्ला सहभागी छन् ।