कैलालीमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु, आफन्तद्वारा जक्का जाम

कैलालीमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु, आफन्तद्वारा जक्का जाम Ramaroshan
२०८२ माघ २५ गते
कैलालीमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु, आफन्तद्वारा जक्का जाम

कैलाली/ कैलालीको लम्कीचुहा नगरपालिका-१०, चुहा नजिकै ट्रकको ठक्करबाट एक बालको मृत्यु भएको छ । ठक्करबाट गम्भिर घाइते लम्कीचुहा वडा नम्बर ८ का १५ वर्षीय शिरिष भण्डारीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार सु-प्र- ०१००१ख २८५० नम्बर ट्रकले ठक्कर दिँदा साइकल सवार भण्डारी गम्भीर घाइते हुनुभएको थियो ।

उहाँको लम्कीस्थित लालरत्त अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि शनिबार बिहान मृतकका आफन्त, स्थानीयले पूर्वपश्चिम महेन्द्र राजमार्गमा उचित क्षतीपूतिको माग गर्दै जक्का जाम गरेका छन् ।

ट्रक चालक ३९ वर्षीय रामदत्त भट्ट र ट्रक प्रहरी नियन्त्रण रहेको जनाइएको छ । पीडित पक्षसँग छलफल गरी बाटो खुलाउने प्रयास भइरहेको जनाइएको छ ।