आईसीसी टी–२० क्रिकेट विश्वकप स् इंग्ल्यान्डविरुद्ध पहिलो खेल खेल्दै नेपाल

आईसीसी टी–२० क्रिकेट विश्वकप स् इंग्ल्यान्डविरुद्ध पहिलो खेल खेल्दै नेपाल Ramaroshan
२०८२ माघ २६ गते
आईसीसी टी–२० क्रिकेट विश्वकप स् इंग्ल्यान्डविरुद्ध पहिलो खेल खेल्दै नेपाल

मुम्बई– आईसीसी टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपालले बलियो टोली इंग्ल्यान्डसँग आज खेल्ने भएको छ । क्रिकेटमा बलियो मानिएको इंग्ल्याण्डलाई अपसेट गर्ने सोचमा नेपाल छ । नेपाल र इंग्ल्याण्डको खेल आज दिउँसो ३ः१५ बजे मुम्बईको वाङ्खडे स्टेडियममा हुनेछ । आईसीसी वरियतामा तेस्रो स्थानमा रहेको इंग्ल्यान्डविरुद्ध खेल्दा नेपाल त्यही एउटा सरप्राइजको खोजीमा समेत हुनेछ ।

तेस्रोपटक विश्वकप खेल्न लागेको नेपाली टोली यसअघिका दुई विश्वकपमा समूह चरणबाट अगाडि बढ्न सकेको थिएन । यसपटक भने सुपर ८ पुग्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ । त्यसका लागि नेपालले समूह चरणका चारमध्ये कम्तीमा २ खेल जित्नुपर्नेछ र इंग्ल्यान्डसँगकै खेलमा जित निकाल्न सके आगामी खेलका लागि नेपाली टोलीको मनोबल उच्च रहनेछ ।

नेपाल र इंग्ल्यान्ड हालसम्म टी–२०आईमा खेलेका छैनन् । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको इंग्ल्यान्डसँग यो पहिलो भेट हुनेछ । नेपाल टी–२० विश्वकपमा १२ वर्षपछि पहिलो जितको खोजीमा हुनेछ भने इंग्ल्यान्ड आफ्नो दबदबा कायमै राख्ने दाउमा हुनेछ ।

यस्तो हुन सक्छ सम्भावित ११
नेपालको सम्भावित ११ :
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्शन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, शेर मल्ल

इंग्ल्यान्डको प्लेइङ ११ :
फिल साल्ट, जस बट्लर, ज्याकब बेथेल, टम ब्यान्टन, ह्यारी ब्रुक, विल ज्याक्स, साम करान, लियाम डसन, आदिल राशिद, जोफ्रा आर्चर, लुक वूड