बैतडीमा विद्युतिय हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु

बैतडीमा विद्युतिय हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु Ramaroshan
२०८२ माघ २६ गते
बैतडीमा विद्युतिय हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु

बैतडी– बैतडीमा विधुतिय हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति ९ः३० बजे जिल्लाको दोगडाकेदार गाउँपालिका–३ स्थित सिल्लेगडा–बडिया सडकखण्डको घोडेधार नजिक सुपप्र०२ ००१ज ०६२४ नम्बरको उक्त विद्युतीय सवारी हाइस दुर्घटना हुँदा घाईते भएका चालक मदन ठगुन्नाको मृत्यु भएको हो ।

सोही पालिकाको वडा नं.५ का २५ वर्षिय ठगुन्नालाई उपचारका लागि डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए । मृतकको शव डडेल्धुरा अस्पतालमा राखिएको छ । हाइसमा चालक मात्रै सवार रहेका बुझिएको छ । दुर्घटनाग्रस्त हाइस सडकबाट २५० मिटर तल खसेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।