गौरिफन्टामा नाकाबाट १० राउन्ड पेस्तोलको गोलीसहित भारतीय नागरिक पक्राउ

गौरिफन्टामा नाकाबाट १० राउन्ड पेस्तोलको गोलीसहित भारतीय नागरिक पक्राउ Ramaroshan
२०८२ माघ ३० गते
गौरिफन्टामा नाकाबाट १० राउन्ड पेस्तोलको गोलीसहित भारतीय नागरिक पक्राउ

धनगढी । भारती एसएसबीले गौरीफन्टा नाकामा एक भारतीय नागरिकलाई पेस्तोललो गोलीसहित पक्राउ गरेको छ। माघ २७ मङ्गलवार साँझ करिब ७स्१५ बजे, भारत–नेपाल सीमा क्षेत्रको गौरिफन्टा चेकपोस्टमा सशस्त्र सीमा बल ९क्क्द्य० ले एक्स–रे ब्यागेज मेसिनमार्फत आवतजावत गर्ने यात्रुहरूको नियमित जाँच गर्ने क्रममा पेस्तोलको गोलीसहित एक जना पक्राउ परेका हुन्।

एसएसबीले भारतको हरियाणा घर भएका ३९ वर्षीय नरेश कुमारलाई नियन्त्रणमा लिएको हो। उनलाई नेपालतर्फबाट भारत प्रवेश गर्दै गरेको अवस्थामा झोलामा एक्स–रे जाँच गर्दा १० राउन्ड प्रयोग नभएको पेस्तोलको गोली फेला परेको एसएसबीले जनाएको छ। सोधपुछका क्रममा ती व्यक्तिले आफ्नो नाम नरेश कुमार, पिता महावीर सिंह, स्थायी ठेगाना गल्ला पटी, किठाना, थाना–राजोन, जिल्ला–कैथल, हरियाणा तथा उमेर करिब ३९ वर्ष भएको बताएका थिए।

बरामद गरिएका KF 7.65 (३२ बोर) का १० राउन्ड जिउँदो कारतुस आफ्नो ३२ बोर पिस्टलका लागि भएको र सो पिस्टलको लाइसेन्स नम्बर रहेको उनले दाबी गरेका छन्। तर, लाइसेन्स भए पनि नेपालबाट भारत कारतुस ल्याउनु–लैजानु कानुनी रूपमा निषेध रहेको हुँदा उनले हतियार सम्बन्धी नियमको उल्लङ्घन गरेको ठहर गरिएको छ।

घटनापछि एसएसबीले उक्त व्यक्ति नरेश कुमार तथा बरामद १० राउन्ड जिउँदो कारतुसलाई आवश्यक कानुनी कारबाहीका लागि गौरिफन्टा प्रहरी चौकीका प्रहरी प्रमुखलाई जिम्मा लगाएको छ।