कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलि गरी अवैध रूपमा भारतबाट ल्याइएका रु। २ लाख २७ हजार ११० बराबरका सामान बरामद गरिएको छ। बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको गस्ती टोलीले भीमदत्त नगरपालिका–४ बसपार्क क्षेत्र तथा वडा नम्बर १६ र १७ मझगाउँबाट ती सामान बेवारिसे अवस्थामा फेला पारेको हो।
बरामद गरिएका सामानमा साडी, सुटपिस, धोती, जुत्ता, मोजा, सेन्ट, सिरकको खोललगायतका विभिन्न सामग्री रहेका छन्। प्रारम्भिक अनुसन्धानअनुसार ती वस्तुहरू भारतबाट भन्सार छली गरी ल्याइएको अनुमान गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएका सबै सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

