महाशिवरात्री मेलाको तयारीः ठूलाकेदार धाममा भव्य पूजनकार्य हुने

महाशिवरात्री मेलाको तयारीः ठूलाकेदार धाममा भव्य पूजनकार्य हुने Ramaroshan
२०८२ फाल्गुन ०१ गते
महाशिवरात्री मेलाको तयारीः ठूलाकेदार धाममा भव्य पूजनकार्य हुने

 धनगढी । डोटीको दक्षिण भेगमा अवस्थित धार्मिक एवं पर्यटकीय दृष्टिले चर्चित ठूलाकेदार धाममा यही फाल्गुन ३ गते (२०८१ साल) बृहत् शिवरात्री मेला तथा विशेष पूजनकार्य हुने भएको छ।

स्थानीय आयोजक समितिले दिएको जानकारीअनुसार उक्त धार्मिक स्थलमा लाखौं भक्तजनहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ। मेलाको अवसरमा विशेष रुद्री पाठ, महादीप प्रज्वलन तथा भगवान शिवको विधिवत पूजाआजाको आयोजना गरिनेछ बडिकेदार पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत गणेशराज जोशीले जानकारी दिएका छन् ।

यस धाममा हरेक वर्ष शिवरात्रीका दिन ठूलो संख्यामा तीर्थालुहरू पूजा, दर्शन तथा धार्मिक अनुष्ठानका लागि आउने गर्दछन्। प्राकृतिक सुन्दरताले भरिपूर्ण यस क्षेत्रलाई पर्यटन प्रवर्द्धनसँग जोड्न मेलाले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

आयोजक समितिले सम्पूर्ण भक्तजन तथा तीर्थालुहरूमा सहभागिताका लागि हार्दिक आग्रह गरेको छ। मेला व्यवस्थापनका लागि आवश्यक सुरक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधारको तयारीलाई तीव्रता दिइएको जनाइएको छ।