धनगढी / प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनको तयारीका क्रममा कैलाली जिल्लाका चार ठाउँलाई अस्थायी मतदान केन्द्र तोकिएको छ ।
प्रदेश निर्वाचन कार्यालयले कैलालीको निर्वाचन क्षेत्र–१ मा पर्ने टीकापुर नगरपालिका भवन, क्षेत्र–४ मा पर्ने गोदावरी नगरपालिकाको बनदेवी मन्दिर परिसर, क्षेत्र–५ मा पर्ने धनगढी उपमहानगरपालिका भवन र धनगढीकै जिल्ला कारागार शाखालाई अस्थायी मतदान केन्द्र तोकिएको जनाएको छ ।
कार्यालय प्रमुख प्रेमराज भट्टले भने, “स्थायी मतदाता नामावलीमा नाम समावेश भएकाले मात्र अस्थायी मतदान केन्द्रमा पुगेर समानुपातिक निर्वाचन प्रणालीमा मात्र मतदान गर्न पाउँछन् ।”
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, कर्मचारी र कारागारका कैदीबन्दीलाई मतदान गर्न पाउने व्यवस्थाका लागि अस्थायी मतदान केन्द्र स्थापना गरिएको हो । कर्मचारी, सेना, प्रहरी, कैदीबन्दीले समानुपातिक निर्वाचन प्रणालीमा मात्र मतदान गर्न पाउने व्यवस्था छ । जिल्लाका अस्थायी मतदान केन्द्रमा पुगेर मतदान गर्न पाउनेमा ४० कैदीबन्दी सहित चार हजार १९६ मतदाता छन् ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

