गोदावरी आविस्कार केन्द्रलाई ल्यापटप सहयोग
अत्तरिया/ कैलालीको अत्तरियामा रहेको गोदावरी आविस्कार केन्द्रलाई ल्यापटप सहयोग गरिएको छ । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नं। ४ बाट प्रतिनिधि सभा सदस्यमा उठेका स्वतन्त्र उम्मेदवार छत्र बहादुर भट्टले केन्द्रलाई एक थान ल्यापटप सहयोग गरेका हुन ।
ल्यापटप पाएपछि केन्द्रका इन्जिनियर किरण भट्टले खुसी व्यक्त गरे । उनले सहयोग गर्ने उम्मेदवार छत्र भट्टलाई धन्यवाद ज्ञापन गरे । ‘यो हाम्रो लागि खुसी र गौरवको क्षण हो, यो सहयोगले हाम्रो लागि अवसरको ढोका खोलेको छ’ उनले भने ‘यो ल्यापटपले विद्यार्थीहरुलाई सिप सिक्न, नवप्रर्वतन गर्न र अनुसन्धान गर्नेमा ठुलो मद्दत गर्ने छ भन्ने विस्वास छ ।’ उनले केन्द्रमा निरन्तर स्टिम शिक्षा, नवप्रर्वतन र सिप विकासका क्षेत्रमा काम गरिरहेको समेत बताए । उनले आविस्कार केन्द्रलाई ल्यापटप दिएर उम्मेदवार भट्टले विद्यार्थीहरुलाई सिप सिकेर आफ्नो आयस्रोत जुटाउन सहयोग गरेको समेत बताए ।
ल्यापटप हस्तान्तरण गर्दै उम्मेदवार भट्टले आविस्कार केन्द्रलाई आफ्नो तर्फबाट सानो सहयोग गरेको बताए । उनले आफूले घरदैलौ गर्ने क्रममा केन्द्रमा ल्यापटप आवश्यक भएको कुरा सुनेर सहयोग गरेको बताए । उनले केन्द्रले अन्य विषय भन्दा फरक रुपमा विद्यार्थीहरुलाई उभ्याउन सिकाईरहेको बताए । उनले आविस्कार केन्द्रले नवप्रर्वतनका विषयका काम गरिरहेको बताउदै भविष्यमा यसको महत्व बढी हुने बताए । उनले आगामी दिनमा पनि आफ्नो तर्फबाट गर्न सकिने जस्तो सुकै सहयोग गर्न पनि आफू तयार रहेको बताएका छन ।

