डोटी/ डोटीको बोगटान फुड्सिल गाउँपालिकामा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो बोगटान फुड्सिल गाउँपालिका–३ धौलाबस्ती भन्ने ठाउँमा सु.प.प्र.०३ ००१ च ००१४ नं। को जिप दुर्घटना हुँदा घाईते भएका मध्ये एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सोही गाउँपालिका–३ मेल्टाकी ६६ वर्षीया जुनादेवी साउँद रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा पु¥याई जाँच गर्दा आइतबार साँझ ८ः१५ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार सोही दुर्घटनामा घाइते भएकी बोगटान फुड्सिल–३ मेल्टाकी १७ वर्षीया सीता साउद र १९ वर्षीय शारदा साउद तथा जिप चालक बोगटान फुड्सिल–६ पलाडीका २७ वर्षीय तीर्थ बोगटीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

