बैतडी । प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भय रहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले बैतडी जिल्लामा मदिरा जन्य वस्तुको उत्पादन, ओसारपसार, बिक्री वितरण र उपभोगमा कडाइ गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार मदिरा व्यवसायीहरू सँग छलफल गरी आइतबारदेखि लागू हुने गरी बेलुकी ७ बजेसम्म मात्र मदिरा बिक्री वितरण गर्न पाइने निर्णय गरिएको छ । निर्वाचन अवधि भर शान्ति–सुरक्षा सुदृढ बनाउन यस्तो व्यवस्था गरिएको प्रशासनले जनाएको छ ।
त्यसैगरी, सोमबारदेखि फागुन २४ गतेसम्म मदिरा जन्य पदार्थको ढुवानी तथा ओसार पसार नगर्न निर्देशन दिइएको छ । साथै निर्वाचनको मौन अवधिमा मदिरा जन्य वस्तुको उत्पादन, बिक्री वितरण तथा उपभोग पूर्ण रूपमा निषेध गरिने सूचनामा उल्लेख गरिएको छ ।
निर्देशनको उल्लङ्घन गरी मदिरा जन्य पदार्थको उत्पादन, ओसार पसार, बिक्री वितरण वा उपभोग गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

