अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घरको सुरक्षा घेरामा प्रवेश गर्नेलाई गोली प्रहार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घरको सुरक्षा घेरामा प्रवेश गर्नेलाई गोली प्रहार Ramaroshan
२०८२ फाल्गुन ११ गते
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घरको सुरक्षा घेरामा प्रवेश गर्नेलाई गोली प्रहार

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घरको सुरक्षा घेरामा प्रवेश गर्ने व्यक्तिलाई गोली हानेर मारिएको छ । यो घटना ट्रम्पको फ्लोरिडास्थित घरमा भएको हो । घटना हुँदा ट्रम्प भने वाशिंगटन डीसीमा थिए । सुरक्षा घेराभित्र प्रवेश गर्न खोजेपछि एजेन्टहरू र पाम बीच काउन्टी शेरिफ कार्यालयका अधिकारीले ती व्यक्तिलाई रोकेका थिए । सुरक्षा अधिकारीहरुका अनुसार, सुरक्षा टोलीले ती व्यक्तिबाट पेट्रोलको क्यान र बन्दुक फेला बरामद गरेको थियो ।

सुरक्षा अधिकारीले भने, ‘युवकलाई सुरुमा आफ्नो हतियार छोड्न आदेश दिइएको थियो र उनले पेट्रोलको क्यान तल राखे तर बन्दुकलाई फायरिङ पोजिसनमा उठाए । त्यतिबेला एजेन्टहरूले ‘खतरा हटाउन’ गोली चलाए ।’ राष्ट्रपति वरिपरिको सुरक्षा परिधि पहिलेभन्दा अरु बलियो पारिएको छ । सन २०२४ मा पेन्सिलभेनियाको बटलरमा भएको हत्या प्रयासपछि राष्ट्रपतिको सुरक्षा अरु कडा पारिएको छ ।