कैलाली–१ मा रास्वपाका ज्ञवाली विजयी

कैलाली–१ मा रास्वपाका ज्ञवाली विजयी Ramaroshan
२०८२ फाल्गुन २३ गते
कैलाली–१ मा रास्वपाका ज्ञवाली विजयी

धनगढी २३ फागुन/प्रतिनिधि सभा कैलाली क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कोमल ज्ञवाली विजयी भएकी छन् । ज्ञवालीले १७ हजार ८२६ मत प्राप्त गरी विजयी भएकी हुन् ।

ज्ञवालीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीले १२ हजार ९४५ मत प्राप्त गरेका छन् । टीकापुर नगरपालिकाको नगर प्रमुखको पदबाट राजीनामा दिएर नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका रामलाल डगौराले आठ हजार ३९२ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार द्वारिकाप्रसाद न्यौपानेले चार हजार ४९३ मत प्राप्त गरेका छन् ।

तत्कालिन नागरिक उन्मुक्ति पार्टीका संस्थापक केन्द्रीय कोषाध्यक्ष ज्ञवाली निर्वाचन अघि मात्रै रास्वपा प्रवेश गरेकी व्यवस्थापन विषयमा स्नातक ४७ वर्षीया ज्ञवाली व्यापारमा संलग्न हुनुहुन्छ ।