बैतडी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरिमोहन भण्डारीले ३७२४ मत ल्याउनु भएको छ ।
हालसम्म १२ हजार ११४ मत गणना हुँदा भण्डारीले ७२० मतले अग्रता लिनुभएको छ । उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दले ३००४ मतसहित पछ्याइ रहनुभएको छ ।
त्यसैगरी, नेकपा (एमाले) का उम्मेदवार दामोदर भण्डारीले २५३७ मत प्राप्त गर्नुभएको छ भने नेकपाका उम्मेदवार प्रमानन्द भट्टले १६३९ मत ल्याउनुभएको छ ।
यस्तै, राप्रपाका उम्मेदवार भुपेन्द्रबहादुर चन्दले २७८ मत प्राप्त गर्नुभएको छ भने ८०७ मत बदर भएका छन् । जिल्ला अदालत परिसरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना कार्य जारी रहेको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

