लेखा अधिकृत उपाध्यायलाई बेलौरीको प्रशासकीय जिम्मेवारी

लेखा अधिकृत उपाध्यायलाई बेलौरीको प्रशासकीय जिम्मेवारी Ramaroshan
२०८२ चैत्र ०४ गते
लेखा अधिकृत उपाध्यायलाई बेलौरीको प्रशासकीय जिम्मेवारी

बेलौरी / कञ्चनपुरको बेलौरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लेखा अधिकृत ओम प्रसाद उपाध्यायले पाएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सातौँ तहको लेखा अधिकृतको रूपमा कार्यरत उपाध्यायलाई जिम्मेवारी दिएको हो ।

मन्त्रालयले उनलाई १ चैतमा पत्र दिएको थियो । सोही अनुसार उनले ३ चैतबाट जिम्मेवारी सम्हालिसकेका छन् । जिम्मेवारी पाएपछि एक महिना देखि रोकिएको नियमित काम सुचारु गर्ने उपाध्यायले बताए ।

‘मन्त्रालयले १ गते पत्र काटिसकेको रहेछ ,मैले ३ गतेदेखि जिम्मेवारी लिएको छु’ ,उपाध्यायले भने ‘महिना दिन सम्म रोकिएका काम सुरु गर्ने पहिलो काम हो , पालिकाका विभिन्न शाखाहरूको काम बारे बुझेर योजनाबद्ध तवरले आफूले पाएको जिम्मेवारी पूरा गर्छु ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर बुढाथोकी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी पदबाट स्वतः निलम्बनमा परेका थिए। उनी निलम्बनमा परेपछि एक महिना बढी पालिकाको नियमित कामकारबाही रोकिएको थियो ।