बाजुरा । बाजुरामा चुनाव सकिएसँगै अधिकांश गाउँबस्ती सुनसान बन्दै गएका छन् । निर्वाचनका बेला गाउँमा आएकाहरू पुनः कामको खोजीमा धमाधम भारत जान थालेपछि अहिले यहाँका गाउँबस्ती सुनसान बन्दै गएका हुन् । खप्तड छेडेदह गाउँपालिकाका रामबहादुर रोकायाले निर्वाचनमा मतदान गर्न आएका युवा अहिले फेरि कामको खोजीमा बाहिरन थालेपछि गाउँबस्ती पनि सुनसान बन्दै गएको बताउनुभयो । उहाँले भन्नभुयो, “अहिले अधिकांशगाउँबस्ती खाली भइसके ।”
कात्तिकमा धान भित्र्याएर मङ्सिरमा गहुँ लगाएपछि बाजुराका गाउँबस्तीका प्रायः तन्नेरी भारततर्फ हिँड्ने गर्छन् । हिउँदे खेती लगाएर भारत पसेकाहरू फेरि वैशाख, जेठमा घर फर्की बाली भित्र्याउँछन् । असारमा खेती लगाएर साउन लाग्दानलाग्दै पुनः कामको खोजीमा भारत पस्छन् । रोकाया भन्नुहुन्छ, “बाजुराका नौ वटै पलिकाका अधिकांश युवा अहिले भारतका विभिन्न ठाउँमा भेटिन्छन् ।”
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

