कञ्चनपुर कारागारमा झडप, एक जना थुनुवा घाइते

कञ्चनपुर कारागारमा झडप, एक जना थुनुवा घाइते Ramaroshan
२०८२ चैत्र ०८ गते
कञ्चनपुर कारागारमा झडप, एक जना थुनुवा घाइते

धनगढी, ८ चैत / कञ्चनपुर कारागारमा आपसी विवादका क्रममा चिर्पट प्रहार गरिएपछि एक जना थुनुवा घाइते भएका छन् । घाइते हुनेमा वेदकोट नगरपालिका-९ घर भएका गणेश विष्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) हेमबहादुर शाहीले जानकारी दिए ।

उनकाअनुसार विष्ट लागूऔषध सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यक्ति हुन् । कारागारको ब्लक ए मा रहेका विष्टमाथि ब्लक बी मा रहेका लागूऔषध सम्बन्धी मुद्दाकै थुनुवा शुक्लाफाँटा–९ घर भएका भुवन ऐरले चिर्पट प्रहार गरेको डीएसपी शाहीले बताए ।

घाइते विष्टको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने उनको स्वास्थ्य अवस्था खतरा मुक्त रहेको छ । आपसी विवादका क्रममा ऐरले विष्टमाथि चिर्पट प्रहार गरेको भएपनि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।