कैलालीमा बालिका माथि जवरजस्ती करणी, युवक पक्राउ

कैलालीमा बालिका माथि जवरजस्ती करणी, युवक पक्राउ Ramaroshan
२०८२ चैत्र १७ गते
कैलालीमा बालिका माथि जवरजस्ती करणी, युवक पक्राउ

धनगढी, १७ चैत  / कैलालीमा बलात्कारको अभियोगमा एक युवक पक्राउ परेका छन्।  जानकी गाउँपालिका– ७ टिक्लीगढ बस्ने २१ वर्षीय अमन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

अमनमाथि १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेको छ। जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले अमनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

घटनाको विषयमा अनुपलाई हिरासतमै राखेर थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ।