भीमदत्त नगरपालिका–३ मा लगाइएको ताला खुल्यो

भीमदत्त नगरपालिका–३ मा लगाइएको ताला खुल्यो Ramaroshan
२०८२ चैत्र १८ गते
भीमदत्त नगरपालिका–३ मा लगाइएको ताला खुल्यो

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–३ नम्बर वडा कार्यालयको ताला आठ दिनपछि खुलेको छ । गत साता वडाका स्थानीयले सडक निर्माण, ढल निकास र खानेपानीलगायतका माग राखेर वडा कार्यालयमा तालाबन्दी गरेका थिए ।

बुधबार स्थानीय र वडा कार्यालयबीच स्थानीयका माग सम्बोधन गर्ने सहमति भएपछि वडा कार्यालयको ताला खुलेको वडा सदस्य मीना कुँवरले जानकारी दिइन ।

कार्यालय बन्द हुँदा दैनिक रूपमा आवश्यक पर्ने सिफारिस, प्रमाणपत्र, जन्मदर्तालगायतका काम पूर्ण रूपमा बन्द हुँदा सेवाग्राहीले दुःख पाएको यहाँका स्थानीय डबलबहादुर सिंहले बताए ।भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले नागरिकका माग सम्बोधन भएर प्रक्रिया अघि बढिसकेको बताए ।