धनगढी, २० चैत / जिल्ला प्रहरी कार्यालय कैलालीले सेवाग्राहीलाई अनावश्यक हैरानी दिएको आरोपमा मालपोत र यातायात कार्यालयबाट १२ लाई पक्राउ गरेको छ। आज बिहीबार दिउँसो करिब ४:१५ बजे धनगढी उपमहानगरपालिका-५ स्थित यातायात कार्यालय धनगढी परिसरबाट ६ जना र मालपोत कार्यालय धनगढी परिसरबाट थप ६ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यातायात कार्यालय क्षेत्रबाट पक्राउ पर्नेमा पार्वती जोशी (२२वर्षीया), सिता राना (२५), दिनेश राना (२८), राम नारायण चौधरी (४२), जगत थापा (३८) र रामेश्वर चौधरी (३८) रहेका छन्।
यस्तै मालपोत कार्यालय क्षेत्रबाट लाइसेन्सबिना सेवाग्राहीलाई हैरानी दिने आरोपमा सुदान्शु चौधरी (२७), रविन्द्र कुमार देउवा (३५), उर्मिला राना (२५), शान्ती मल्ल (३५), युवराज खतिवडा (४२) र आशिष चौधरी (२६) पक्राउ परेका छन्। प्रहरीका अनुसार उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा राखी थप अनुसन्धान भइरहेको छ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

