सुर्नया अझै प्रमुख प्रशासकीय अधिकृत विहिन

सुर्नया अझै प्रमुख प्रशासकीय अधिकृत विहिन Ramaroshan
२०८२ चैत्र २१ गते
सुर्नया अझै प्रमुख प्रशासकीय अधिकृत विहिन

बैतडी–सरकारले सुदूरपश्चिमका २३ ओटा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको भएपनि सुर्नया गाउँपालिका भने अझै प्रमुख प्रशासकीय अधिकृत विहिन रहेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गएको माघ २ गते जिल्ला हुलाक कार्यालय कैलालीमा कार्यरत शाखा अधिकृत जितेन्द्र विकलाई सरुवा गरेको भएपनि उनी पनि हाजिर भएका छैनन् ।

गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थापन गरिदिन मन्त्रालयलाई पटक–पटक आग्रह गरेको भएपनि अहिलेसम्म प्रमुख प्रशासकीय अधिकृत नपठाएको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए ।

गएको कार्तिक २६ गतेदेखि गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा सम्पूर्ण कामकाज ठप्प भएका छन् ।