काठमाडौं – नागरिक उन्मुक्ति पार्टी ९नाउपा०ले रञ्जिता श्रेष्ठ चौधरीलाई अध्यक्ष पदबाट हटाएको पत्र निर्वाचन आयोगमा दर्ता गरेको छ । अध्यक्षले नै विधान विपरीत कार्यवाहक अध्यक्ष तोकेको कारण देखाइ उनलाई अध्यक्ष पदबाट हटाइएको पत्र आयोगमा दर्ता गरिएको हो ।
पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि उनले पोखराकै शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मा दिएकी थिइन् । त्यसको पार्टीभित्रैबाट विरोध भएको थियो ।
रामलाल डगौरा संयोजकत्वको अनुशासन समितिले चौधरीलाई २४ घण्टा भित्र स्पष्टीकरण सोधेको थियो । रञ्जिताले तोकिएको समय भित्र स्पष्टीकरण नदिएपछि उनलाई अध्यक्ष पदबाट हटाइएको जानकारी नाउपाले आयोगलाई दिएको हो ।
रञ्जितालाई पार्टी अध्यक्षबाट हटाएको पत्र मंगलबार आयोगमा दर्ता भएको थियो । अनुशासन समितिले गरेको कारबाहीलाई मध्यबानेश्वरमा जारी राष्ट्रिय भेलाले अनुमोदन गर्ने छ । अनुशासन समितिमा सुनिता चौधरी र पुण्य बुढा सदस्य छन् ।
सिफारिस
केपी शर्मा ओली पक्राउ
कांग्रेसलाई विजय गराउन सुदूरपश्चिमका मुख्यमन्त्रीको आह्वान
नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् सपथ
सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त
सुदूरपश्चिम प्रदेशसभामा तोडफोड र आगजनी
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

