धनगढी,२४ भदौ । धनगढीस्थित सुदूरपश्चिम प्रदेशसभा सचिवालय भवन सोमबार जेनजी आन्दोलनका प्रदर्शनकारीको आक्रमणमा परेको छ। प्रदर्शनमा उत्रिएका आन्दोलनकारीहरूले प्रदेशसभा परिसरमा प्रवेश गरी ढुंगामुढा गर्नुका साथै कार्यालयका कागजात र सामग्रीमा आगजनी गरेका हुन्। आन्दोलन तीव्र बनाएर मगंलबार दिउँसो ठूलो संख्यामा प्रदर्शनकारी प्रदेशसभा सचिवालय अगाडि जम्मा भएका थिए। आन्दोलनकारी र प्रहरीबीच केही समय तनावपूर्ण स्थिति कायम भएको थियो। तोडफोड र आगजनीका कारण भवनको केही भाग क्षति भएको र महत्वपूर्ण कागजात नष्ट भएको प्रारम्भिक जानकारी आएको छ।
घटनास्थल वरपरको क्षेत्रलाई उच्च सुरक्षा सतर्कतामा राखिएको छ। प्रदर्शनकारीहरूले आफूहरूको माग पूरा नभएसम्म आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी दिएका छन्। प्रदेशसभामा भएको यस घटनाले स्थानीय राजनीतिक वातावरण थप तातेको छ।
सिफारिस
केपी शर्मा ओली पक्राउ
कांग्रेसलाई विजय गराउन सुदूरपश्चिमका मुख्यमन्त्रीको आह्वान
नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् सपथ
सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त
राष्ट्रपतिको पौडेलको निजी निवासमा आगजनी
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

