कांग्रेसलाई विजय गराउन सुदूरपश्चिमका मुख्यमन्त्रीको आह्वान

कांग्रेसलाई विजय गराउन सुदूरपश्चिमका मुख्यमन्त्रीको आह्वान Ramaroshan
२०८२ माघ २१ गते
कांग्रेसलाई विजय गराउन सुदूरपश्चिमका मुख्यमन्त्रीको आह्वान

धनगढी / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतन्त्रको रक्षाको लागि नेपाली कांग्रेसलाई मतदान गर्नुपर्ने बताएका छन ।

नेपाली कांग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर २ ले लम्कीमा आयोजना गरेको वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले वर्तमान अवस्थामा लोकतन्त्र चुनौतीमा परेकाले यसको रक्षाका लागि नेपाली कांग्रेसको बहुमत अपरिहार्य रहेकोमा जोड दिए ।

उनले पार्टीभित्रका आन्तरिक विभिन्न मतभेदलाई थाती राखी अहिलेको आवश्यकता एकता रहेको उल्लेख गर्दै सबै नेता–कार्यकर्तालाई एकजुट भई नेपाली कांग्रेसका उम्मेदवारहरूलाई अत्यधिक बहुमतका साथ विजयी गराउन आह्वान गरे । मुख्यमन्त्री शाहले फागुन २१ गते हुने निर्वाचन निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने भुमिकामा प्रदेश सरकार रहेको बताए ।