उत्तराखण्डमा नेपालीको खोजीका लागि कूटनीतिक पहल सुरु भएको छः परराष्ट्रमन्त्री
काठमान्डौं, २३ साउन / परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा केही दिनअघि आएको बाढीमा परी हराएका भनिएका नेपाली नागरिकको खोजी एवं उद्धारका लागि कूटनीतिक पहल सुरु भइसकेको बताउनुभएको छ ।
सो बाढीमा परेर केही नेपाली पनि बेपत्ता भएका समाचार आएलगत्तै उनीहरुको खोजी र उद्धारका लागि कूटनीतिक पहल सुरु भएको जानकारी उहाँले दिनुभएको हो । उहाँले सामाजिक सञ्जालमा सो बाढीमा परेर नेपाली नागरिकहरु पनि बेपत्ता भएका भन्ने खबरले आफू निकै दुःखी भएको बताउँदै उनीहरुको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल थालेको बताउनुभएको छ ।
उहाँले भन्नुभएको छ “हराएका नेपाली नागरिकहरुको खोजी तथा उद्धारका लागि भारत सरकारको समन्वयमा तदारुकताका साथ लाग्न नयाँ दिल्लीस्थित नेपाली राजदूताबासलाई निर्देशन दिएकी छु ।” मन्त्री डा राणाले सो बाढी पहिरोमा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दुःखको घडीमा रहेका परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।
सिफारिस
केपी शर्मा ओली पक्राउ
कांग्रेसलाई विजय गराउन सुदूरपश्चिमका मुख्यमन्त्रीको आह्वान
नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् सपथ
सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त
सुदूरपश्चिम प्रदेशसभामा तोडफोड र आगजनी
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

