दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई गतिशील बनाइने छ : मुख्यमन्त्री शाह
धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संघीय सरकारसँगको संवाद र छलफलबाट सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई गतिशीलता प्रदान गरिने बताएका छन् ।
स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि सोमबार मुख्यमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाउन पुगेको संघर्ष समितिलाई सम्बोधन गर्दै उनले संघीय सरकारसँग निरन्तर संवाद गरेर पदाधिकारी नियुक्ति, बजेट तथा संरचना व्यवस्थापनमा गतिशीलता ल्याउने बताएका हुन् ।
स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि संघर्ष समितिले ऐनअनुसार विश्वविद्यालय सभा गठन र पदाधिकारी नियुक्त गर्नुपर्ने र विश्वविद्यालयले रोजगारी, व्यवसाय, पर्यटन र आर्थिक रूपान्तरणमा ठूलो योगदान पुर्याउने भएकाले यथाशीघ्र सञ्चालनमा ल्याउनुपर्ने माग राखेर ज्ञापन पत्र बुझाएका मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
सिफारिस
केपी शर्मा ओली पक्राउ
कांग्रेसलाई विजय गराउन सुदूरपश्चिमका मुख्यमन्त्रीको आह्वान
नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् सपथ
सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त
सुदूरपश्चिम प्रदेशसभामा तोडफोड र आगजनी
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

