कैलाली । सुदूरपश्चिम प्रदेशमा एउटा विधेयक प्रमाणीकरण गरिएको छ। बुधवार प्रदेश प्रमुख नजिर मियाँले ‘सुदूरपश्चिम प्रदेश सभाको सचिव तथा सचिवालय व्यवस्थापन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ लाई प्रमाणीकरण गरेका हुन्।
२०७५ सालदेखि नै प्रदेश सभाको सचिव र सचिवालय सम्बन्धी व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा थियो। असार १३ गते शुक्रवार बसेको छैटौँ अधिवेशनको १३औँ बैठकले यसलाई संशोधन गरेको थियो।
असार २३ गते सभामुखले प्रमाणित गरेको विधेयक प्रमाणीकरणका लागि भदौ १० गते प्रदेश प्रमुख कार्यालय पुगेको थियो। आवश्यक अध्ययनपछि बुधवार प्रदेश प्रमुखले उक्त विधेयक प्रमाणीकरण गरेका हुन्।
विधेयक प्रमाणीकरण भएपछि राजपत्रमा प्रकाशित हुने छ र ऐनको रूपमा कार्यान्वयन हुनेछ।
सिफारिस
२०८२
चैत्र
१४ गते
केपी शर्मा ओली पक्राउ
२०८२
माघ
२१ गते
कांग्रेसलाई विजय गराउन सुदूरपश्चिमका मुख्यमन्त्रीको आह्वान
२०८२
भाद्र
२७ गते
नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् सपथ
२०८२
भाद्र
२७ गते
सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त
२०८२
भाद्र
२४ गते
सुदूरपश्चिम प्रदेशसभामा तोडफोड र आगजनी
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

