सुदूरपश्चिम प्रदेशसभा मंसिरभित्रै सञ्चालन गर्ने तयारी

जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीपछि क्षतिग्रस्त सुदूरपश्चिम प्रदेशसभा सचिवालय सञ्चालनको तयारी गरिएको छ । प्रदेश सभा सञ्चालनका लागि रङरोगनदेखि सामान्य मर्मतसम्मका काम सकिएको छ।