आगलागीपीडितलाई राहत दिन कार्यविधि पारित

कार्यविधि पारित भएसँगै जयगढ बजारका आगलागी पीडितलाई राहत पाउने बाटो खुलेको हो । गाउँपालिकाले ‘आगलागी पीडितलाई नगद राहत वितरण कार्यविधि २०८१’ पारित गर्दै पीडितलाई राहत दिने औपचारिक प्रक्रिया पनि सुरु गरेको छ ।