महाकाली काेरिडोर : योजनामा उत्साह, कार्यान्वयनमा निराशा
आव २०६५/६६ देखि सुरु भएको काेरिडोरको सुरुको कुल लागत अनुमान १८ अर्ब १६ करोडमा आव २०८०/८१ सम्म पूरा गर्ने लक्ष्य रहेको थियो । तर बजेट अभाव, रुख कटानलगायतका प्रक्रियागत अल्झनले योजनाको लागत र समय लम्बिँदै गएको छ ।

